4 years ago
July 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले संघका महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमबीच बधाई तथा शुभकामना प्रदान गरेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष यामबहादुर गुरुङसँगै संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरु, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरु तथा एशियन महिला भलिबल च्याम्पियनसिपका तयारीमा रहेका खेलाडीलगायतले उनलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।
महासचिव चन्दलाई कार्यवाहक अध्यक्ष तथा पदाधिकारीहरुले बधाई तथा शुभकामना दिंदै कार्यकालको सफलताको कामनासहित नेपाल जस्तो विकासोन्मुख राष्ट्रले एसियन सेन्ट्रल जोनको पदाधिकारी जस्तो गरिमामय पदमा नियुक्त हुनु नेपाल तथा भलिबल संघको नै गौरवको विषय भन्दै यसको नेपाल भलिबल संघले सक्दो सदुपयोग गर्नु पर्नेमा जोड दिए ।
महासचिव चन्दले सेन्ट्रल जोनको कोषाध्यक्षमा नियुक्त हुनु विगतमा नेपालले भलिबल खेलको विकासमा गरेको कार्यहरुको मुल्यांकनको प्रतिफल भएको भन्दै आगामी दिनमा अझ बढि चुनौती थपिएको र संघले भलिबल खेलको विकास र विस्तारमा अझ बढि कार्यगर्नु पर्ने बताए ।
एसियन भलिबल महासंघ (एभीसी) ले आफुसँग आवद्ध राष्ट्रहरुलाई ५ क्षेत्रमा विभाजन गरेर भलिबल खेलको विकासलाई अगाडी बढाई रहेको छ । अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरु एसियन सेन्ट्रल जोन क्षेत्र अन्तरगत पर्दछन् । जसमा नेपालसहित १४ राष्ट्र सदस्य छन् ।
सेन्ट्रल जोनका सदस्य राष्ट्रहरुको संयुक्त निर्णय अनुसार चन्दलाई चार वर्षका लागि कोषाध्यक्षमा नियुक्त गरिएको संघले शनिबार पत्रमार्फत चन्दलाई जानकारी दिएको हो । नेपाल भलिबल संघमा विगत ९ वर्षदेखि महासचिव पदमा रहँदै आएका चन्दले नेपाली भलिबलसँगै सेन्ट्रल एसियाको भलिबलमा गरेको योगदानको कदर गर्दै जिम्मेवारी दिइएको हो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]