default_image

4 years ago

June 24, 2021

खेलकुदको नियमित प्रशिक्षण गर्न राखेपको अनुमति

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको प्रभाव बढेसँगै करिब दुई महिनादेखि ठप्प रहेको खेलकुदको नियमित प्रशिक्षण शुरु गर्न अनुमति दिएको छ ।

राखेपले बुधबार पाँच वटै क्षेत्रीय खेलकुद प्रशिक्षण केन्द्रलाई पत्राचार गर्दै सम्बन्धित जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई नियमित खेलकुल प्रशिक्षण शुरु गर्न अनुमति दिएको हो । कोरोनाको दोस्रो लहरको प्रभाव बढेपछि नेपाल सरकारको निर्देशन अनुसार गत १६ बैशाखदेखि निषेत्राज्ञा जारी रहँदा खेलकुद गतिविधि ठप्प भएको थियो ।

सरकारले पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको र देशको अधिकांश क्षेत्रमा निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको र स्थिति सहज बन्दै गएको हुदा खेल गतिविधिलाई पनि चलायमान बनाउन नियमित प्रशिक्षण सञ्चालन गर्न आवश्यक भएकाले यस क्षेत्र मातहतका जिल्लाहरुमा पत्रचार गरी प्रदेश सरकार तथा स्थानिय निकायहरुसँग समन्वय गरी कोरोना भाइरसको असर कम भएका स्थानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गरी त्यस क्षेत्र तथा जिल्लाका प्रशिक्षकहरुबाट नियमित प्रशिक्षण सञ्चालन गर्नको लागि अनुमति दिएको राखेप अन्तरगतको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर विकले विज्ञप्ति जारी गरेको छ ।

अहिले काठमाडौं उपत्यकासहित देशैभर आंशिक रुपमा निषेत्राज्ञा खुकुलो हुदा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.