4 years ago
June 23, 2021
पोखरा (हाम्रो खेलकुद) – पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ ।
पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जित पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्ड वापत उनलाई अवार्डसहित ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ । प्रतिभा छनोटका लागि गठित समितिले उनको नाम सिफारिस गरेकोमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको २५ औं बैठकले नाम अनुमोदन गरेको हो ।
मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली संयोजक रहेको प्रतिभा छनोट समिति सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा पदेन अध्यक्षमा एकराज गिरी र महासचिव विजय नेपाल थिए । यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, प्राडा वीरेन्द्रसिंह गुरुङ, खड्गबहादुर रानाभाट र चित्रबहादुर गुरुङ सम्मानित भैसकेका छन् ।
यसपालि लाइफटाइम अचिभमेन्ट अवार्डका लागि पोखरा लेकसिटी हस्पिटल, सिमलचौरले पुरस्कार प्रायोजन गरेको छ । कोरोना महामारीका कारण गत वर्षदेखि हुन नसकेको पाँचौ संस्करणको स्पोर्टस् अवार्ड विश्व खेलकुद पत्रकार दिवस अवसरमा असार १८ गते स्वास्थ्य मापदण्ड अपनाई भर्चुअलमार्फत हुँदैछ ।
मञ्चले यसपालि ७ विधामा अवार्ड वितरण गर्दैछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गरिनेछ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]