4 years ago
June 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले मैत्रीपुर्ण जुडो प्रतियोगिता आयोजना गर्दै ओलम्पिक डे २०२१ मनाएको छ । पामले आफ्नो डोजो पाम जुडो डोजो एकलटार रानीबनमा चार समुह बनाई जुडो प्रतियोगिता आयोजना भएको हो ।
बेस्ट अफ थ्रीको आधारमा ३६ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ५ देखि १० समूह ‘ए’, १० देखि १४ समूह ‘बी’, १५ देखि १८ समूह ‘सी’ र १८ देखि २१ वर्षसम्मलाई समूह ‘डी’ गरी चार समूह बनाइएको थियो ।
जसमा ५ स्वर्णपदक र ३ रजतपदकसहित कुल ८ पदक जितेको समूह ‘बी’ च्याम्पियन बन्न सफल भयो । ४ स्वर्ण, ५ रजतपदक र १ कास्यपदक गरी १० पदक जितेको समूह ‘ए’ दोस्रो भयो । समूह ‘डी’ ले ४ स्वर्ण, ४ रजत र १ कास्यगरी ९ पदक जित्दै तेस्रो स्थान हासिल गर्दा समूह ‘सी’ ले ४ स्वर्ण र ४ रजतपदक गरी ८ दिक जित्न सफल भयो ।
ओलम्पिक डेको अवसरमा भएको प्रतियोगिताको विजयी खेलाडी तथा टिमलाई बाल बिकास माविका प्रधानाध्यापक प्रेम लो तामाङ, पामको संस्थापक जुडो प्रशिक्षक तथा कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठ, नेपाल जुडोका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री विरेन्द्र रन्जित, नेपाल जुडो संघका महासचिव तथा अन्तर्राष्ट्रिय रेफ्री धर्मकुमार श्रेष्ठ र पाम संस्थानको व्यवस्थापन प्रमुख लक्ष्मण कुमार श्रेष्ठ लगायतले पुरस्कृत गरे । पाम संस्थाको अध्यक्ष डा.नारायण काजी श्रेष्ठले ओलम्पिक डे मनाउँदै गरेको अवस्थामा शुभकामना व्यक्त गरेका थिए ।
पछिल्लो समय पामबाट राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । मनिता प्रधान श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, सुदेश दोङ, रोशन ब दोङ, देवकी माया श्रेष्ठ, रत्न तामाङ, रुक्सना खातुन, जनक पाख्रिन तामाङ, राजु शर्मा, सुवोध मन्डल र प्रमोद मण्डल पामले उत्पादन गरेका राष्ट्रिय खेलाडी हुन् ।
पाममा अहिले ३० जनाले नियमित प्रशिक्षण गर्दै आइरहेका छन् । पाम बाहिरका ६ जना भन्दा बढी खेलाडी पनि नियमित प्रशिक्षणमा आउने पामको संस्थापक जुडो प्रशिक्षक तथा कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले जानकारी गराए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]