default_image

4 years ago

June 22, 2021

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

169 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो ।

ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । एन्जल डि मारियाको थ्रु बलमा गोमेजले सुन्दर फिनिस गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा गुस्ताभो गोमेज र रोबर्ट पिरिसको समन्वय नमिल्दा सर्जियो अगुएरोले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । १८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले अवसर पाएपनि सदुपयोग गर्न सकेन । एक गोलले पछि परेको पाराग्वेले बल पोसेसन राख्दै आक्रमण बुन्ने प्रयास गरेपनि अर्जेन्टिनाको बलियो रक्षापङ्ति तोड्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्जल डि मारियाले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाए । ५७औं मिनेटमा काकु र अल्मिरोनको समन्वयमा बनेको मुभमा काकुको प्रहारलाई क्रिस्टियन रोमेरोले क्लियर गरिदिदा पाराग्वेको बराबरी टारे ।

६१औं मिनेटमा काकुकै कर्नरलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले पञ्च गर्दै बचाए । ७६औं मिनेटमा अल्भोसको पासमा एल्मिरोनले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई रोमेरोल ब्लक गर्दै संकट टारे । ८९औं मिनेटमा एल्मिरोनले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउँदा पाराग्वे बराबरीबाट चुक्यो ।

यो जितपछि अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।

यही समूहको अर्काे खेलमा उरुग्वे र चिलीले १–१ गोलको बराबरी खेलेका थिए ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.