4 years ago
June 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आगामी भदौ दोस्रो सातादेखि फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि तयारी गरिरहेको महिला भलिबल टोलीलाई एनभिए लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लबको सक्रियतामा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
हेल्प नेपालले महिला भलिबल टोलीको प्रशिक्षण शुरु हुनुभन्दा अघिदेखि प्रशिक्षणमा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको क्लबका अध्यक्ष वासु श्रेष्ठले जानकारी गराए । उनले नेपाल भलिबल संघले १ असार देखि प्रशिक्षण गर्नका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहल सरसफाई थालेको दिनदेखि नै सहयोग गर्न थालिएको बताए ।
स्वास्थ्य सामग्रीमा मास्क, स्यानिटाइजर, फेस शिल्ड र थर्मल गन लगायत रहेका छन् । क्लबले आइतबार मात्रै झन्डै ४२ हजार बराबरको ४० थान स्पोर्ट्स वाटर बोटल र १२० पिस डिटोल साबुन सहयोग गरिएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनले सबै सामग्रीमा झन्डै १ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।
क्लबका महासचिव अरुण कुमार श्रेष्ठले हेल्प नेपालको सक्रियतामा बालाजी ट्रेडिङ प्रालि (बाल्ट्रा ब्राण्ड) को आधिकारिक बिक्रेताको सहयोगमा उक्त स्वास्थ्य सामग्रीसँगै अन्य सामानहरु पनि सहयोग गरिएको बताए । महासचिव श्रेष्ठले समय सापेक्ष विषम परिस्थितिमा सहजीकरण गर्ने प्रयास गरेको र एसियन च्याम्पियनसिप सम्मै आवश्यकता अनुसार विभिन्न सहयोग गर्दै जाने बताएका छन् ।
यसअघि क्लबले गत चैतमा काठमाडौंमा सम्पन्न पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा बुलबुले रारा भलिबल क्लबबाट खेल्न आएका तीन पाकिस्तानी खेलाडीलाई स्वदेश फर्काउन ठुलो भुमिका खेलेको थियो ।
उनीहरुले प्रतियोगिता सकिएको झन्डै दुई साता पुग्न लाग्दा पाउनुपर्ने रकम नपाएपछि उनीहरु स्वदेश फर्कन पाएका थिएनन् । एनभिएको पहलमा टिपटप हेल्प नेपालले तीन खेलाडीको झन्डै ३ लाख बराबरको टिकट प्रायोजन गर्दै स्वदेश फिर्ता पठाएको थियो ।
एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप १३ देखि १९ भदौंसम्म हुने तालिका छ । च्याम्पियनसिपमा १२ टोलीको सहभागिता रहेको छ । अन्तिम समयमा यसअघि आयोजकसमेत रहेका चीनसहित पाँच राष्ट्रले आफ्नो नाम फिर्ता लिएका थिए ।
नेपाली टोलीले १ असारबाट स्वास्थ्य मापदण्ड अपनाई प्रशिक्षण शुरु गरिसकेको छ । बन्द प्रशिक्षणमा २७ खेलाडी उपस्थित रहेका छन् । बन्द प्रशिक्षणमा डाकिएका नेपाल प्रहरीमा रहेका तीन खेलाडीलाई पुलिसले प्रशिक्षणमा पठाएको छैन ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]