4 years ago
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आधुनिक ओलम्पिकको स्थापना दिवस ओलम्पिक डेको उपलक्ष्यमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को स्पोर्टस् फर अल कमिसनको संयोजनमा दोस्रो दिन आइतबार विविध कार्यक्रम १३ कार्यक्रम आयोजना भएका छन् ।
नेपाल जुडो संघको आयोजनामा आइतबार बाँकेमा जुडो र करातेको प्रदर्शनी खेल आयोजना भएको थियो ।
नेपाल जुडो संघको आयोजनामा आइतबार बाँकेमा जुडो र करातेको प्रदर्शनी खेल आयोजना भएको थियो । जुडो सम्बद्धले नेपालगन्जमा दुई दिने ओलम्पिक डे मनाएका छन् । मंगोलियन जुडो डोजोले शनिबार खजुरा तथा नेपालगन्ज जुडो डोजोले नेपालगन्ज स्थित जुडो हलमा केक काटेर ओलम्पिक डे मनाएका हुन् ।
प्रदेश खेलकुद परिषद कार्यालय प्रमुख महेश चन्दले केक काटेका थिए । कार्यक्रममा जुडोका साग कास्यपदक धारी एवं पुर्व मुख्य प्रशिक्षक दलबहादुर गुरुङ लगायतको उपस्थिति थियोे । नेपालगन्ज र खजुरामा जुडोका खेलाडीहरूले काता डेमोन्स्ट्रेसन समेत गरेको मंगोलियन जुडो क्लब खजुराका प्रमुख बिजय गुरुङले बताए । खजुराबाट सोनिया भट्ट र दीपा गुरुङले दक्षिण एशियाली पदक जितिसकेका छन् । दीपा टोकियो ओलम्पिकको बन्द प्रशिक्षणमा छिन् । जुडोले हरेक बर्ष ओलम्पिक डे मनाउँदै आएको छ ।
कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश नं. ७ का ओलम्पिक डे का अध्यक्ष दान सिंह ठकुरीमो अध्यक्षतामा अनाथाश्रम महेन्द्रनगरमा बालबालिकाहरुका लाग खाद्य सामाग्री वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
यसै गरि नेपाल सुटिङ्ग संघको आयोजनमा सातदोबाटोस्थित सुटिङ्ग रेञ्जमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरियो । ४० सट टार्गेट खेलाईएको प्रतियोगितामा उत्कृष्ट हासिल गर्ने भक्तपुरकी श्रीला रायमाझीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । यस्तै अन्य सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
त्यस्तै धन्यन्तरी फुटसल, हाँडीगाउँमा रहेको ब्याडमिन्टन कोर्टमा ओलम्पिक डेका अवसरमा क्लब ५० नेपालको आयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा सहभागिहरुलाई पूर्व मन्त्री दीपक बोहराले प्रमाण पत्र वितरण गरेका थिए ।
एभिएमले भर्चुअल फन भिडियो, ग्रान्ड एकेडेमीले भुर्चगल नृत्य प्रतियोगिता आयोजना भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जानकारी दिएको छ । त्रियोग स्कुलले तीन दिने अनलाइन चेस प्रतियोगिताको शनिबार उद्घाटन भएको छ ।
भिएस निकेतले भर्चुअल चित्रकला प्रतियोगिता, प्रदेश २ ले जनकपुरमा हाजिरजवाफ प्रतियोगिता, कर्णाली प्रदेशले प्रदेश स्तरीय व्यत्तित्वकला प्रतियोगिता, इनर ह्विल क्लबले कीर्तिपुरमा इनर ह्विल ओलम्पिक डे मनाएको थियो । त्यस्तै लुम्बिनी प्रदेशको दाङमा चित्रकला प्रतियोगिता , गण्डकी प्रदेशमा विद्यालयस्तरीय हाजिर जवाफ, निबन्ध, कविता, वक्तित्वकला, नृत्य, चित्रकला प्रतियोगिता भर्चुअल माध्यमबाट आयोजना भएको थियो ।
त्यस्तै गण्डकी प्रदेशमा टेबल टेनिस र मैत्रीपूर्ण फुटबल खेल तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा बृक्षारोपण कार्यक्रम आयोजना भएको थियो । अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइआसी) मा आबद्ध सदस्य राष्ट्रहरुमा विविध कार्यक्रम गरि ओलम्पिक डे रन मनाइदै आएको छ । एनओसीले ५ दिने कार्यक्रममा शनिबार उद्घाटन गरेको कार्यक्रम आलम्पिक डे (जुन २३ ) का दिन सम्पन्न हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।