4 years ago
June 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासिय नेपाली संघको एनआरएनए स्पोर्ट्स एकेडेमीले समस्यामा परेका खेलकर्मी तथा खेलाडीलाई खाद्य सामग्री सहयोग गरेको छ ।
प्रवासी नेपाली खेलाडी र खेल प्रेमीहरुको खेलकुद निकाय, यस गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले नेपालमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहर र महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको कारण समस्यामा परेका काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने विभिन्न खेल विधाका जुनियर सिनियर र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई खाद्यसाम्रगी सहयो गरेको हो ।
एकेडेमीले प्रशिक्षण स्थल र खेलाडीहरुको घर घरमा पुगेर खाद्यान्न सहयोग गरेको हो । यस्तो खालको सहयोगले समस्यामा परेका खेलाडीलाई केही हदसम्म भएपनि सहज हुने प्रतिष्ठानमा आबद्ध कराँते प्रशिक्षक रबी शाहीले बताए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]