default_image

4 years ago

June 19, 2021

भारतीय चर्चित धावक मिल्खा सिंहको निधन

188 views

0 Bookmark

एजेन्सी – भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ना गराइएको थियो ।

शुक्रबार उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारले बताएको छ । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे भएको हो ।

२० मेमा उनलाई अस्पतालको आईसियुमा भर्ना गरिएको थियो । १३ जुनसम्म उनी आईसियुमा थिए र यस दौरान उनले कोरोना पनि जितेका थिए । १३ जनुमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि कोभिड सम्बन्धी समस्या जारी नै रह्यो र उनलाई फेरि आईसियु भर्ना गरेर उपचार गरिएको थियो ।

पाँच दिन पहिले मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको निधन पनि कोरोनाकै कारण भएको थियो । उनको नाममा फिल्म समेत बनेको थियो । फ्लाइङ सिखका नामले समेत परिचित सिंहले सन् १९५८ को टोकियो एसियाली खेलकुदमा २ सय मिटर, ४ मिटर तथा १९६२ को जाकार्ता एसियाली खेलकुदमा ४ मिटर र ४ गुणा ४ मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.