4 years ago
June 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकर्मीलगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङको स्वास्थ उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् ।
लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई बागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपैयाँ अमनका पिता अमरलाई अस्पताल हातामा हस्तान्तरण गरे ।
उपचारका लागि बागमती प्रदेश तेक्वान्दो संघले सबै भन्दा बढी २० हजार सहयोग गरेको छ । त्यस्तै हरिश्वर पोखरेलले ३ हजार, सुमन खड्काले ५ हजार, मुबिक्क्षा गजुरेलले २ हजार ५ सय, भाष्कर श्रेष्ठले ४ हजार, सन्तलाल श्रेष्ठले २ हजार, गणेश थापाले ३ हजार, पुष्पप्रसाद गौतमले १ हजार ५ सय, ओम लामाले २ हजार, एन्जेल राईले २ हजार, कुमार लामा घिसिङले १ हजार, थानेश्वर मगरले १ हजार ५ सय तथा अशोक खड्काले ४ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
सुमन र ओम बाहेक सबै तेक्वान्दोकर्मी हुन् । रकम हस्तान्तरणपछि टोलीले अमनको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]