default_image

4 years ago

June 17, 2021

अनिता एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडर

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । एरोविकले अनितालाई ३ बर्षका लागि नेपालको आफ्नो एम्बसेडर नियुक्त गरेको बताइएको छ ।

एरोविकले अनितालाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ । लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस खेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।

खेलाडीलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।

जुलाई १५ मा एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको अनिताले जानकारी दिइन् । उनका अनुसार त्यो प्रशिक्षणमा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्भौता छ ।

साथै एरोविकले खेलाडीका लागि टेबलटेनिसको स्तरिय ब्राण्ड बटरफ्लाई कम्पनीको खेलपोशाक, र्‍याकेट र बल प्रायोजन गर्ने र प्रशिक्षणका लागि आवश्यक रोवोट मेसिन समेत प्रदान गर्ने मा उल्लेख गरेको अनिताले बताइन् ।

अनिताले सामाखुसीस्थित आफ्नै घरमा गत अप्रिलमा टेवल टेनिस डेको अवसर पारेर १५ लाखको लागतमा एन्निज पिङ पङ क्लब स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन् । हाल क्लबमा तीन टेबलटेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिइरहेका छन् ।

व्यक्तिगत रुपमा महिला उद्यमीको रुपमा उनको कार्यलाई नियाली रहेको अन्तराष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मुल्याङ्कन गर्दै बिश्व टेबलटेनिस डेको अवसरमा आफ्नो जर्नलमा अनिताको बारेमा लेख समेत प्रकाशित गरेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.