4 years ago
June 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आगमी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु भएको छ ।
टोलीले मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा स्वास्थ्य सावधानी अपनाएर प्रशिक्षण थालेको हो । प्रशिक्षणको पहिलो दिन प्रारम्भिक चरणमा डाकिएको ३० मध्ये २५ जना खेलाडीको उपस्थिति रहेको थियो । उनीहरु सबैको सोमबार सम्ममा पीसीआर परिक्षण गरिएको र मंगलबार बिहानसम्म सबैको नतिजा नेगेटिभ आएपछि उनीहरु प्रशिक्षणमा सामेल भएका हुन् ।
नेपाल पुलिस क्लबका तीन खेलाडी पुनम चन्द, शान्तिकला तामाङ र कामना विष्ट पुलिसकै आन्तरिक तालिममा रहेका कारण प्रशिक्षणमा सामेल भएका छैनन् । उनीहरुलाई पनि प्रशिक्षणमा बोलाउनको पहल भइरहेको नेपाल भलिबल संघले जनाएको छ ।
यस्तै नेपाल एपिएफ क्लबकी हीरा केसी र भरतपुरकी सरस्वती कट्टेल जिल्ला बाहिर रहेका कारण प्रशिक्षणमा उपस्थित नरहेको र आउने बित्तिकै पीसीआर परिक्षण गरी प्रशिक्षणमा सामेल गराइने नेपाल भलिबल संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक निरोज मास्केले जानकारी गराइन् । टोलीको फिजियोको रुपमा अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरका उज्वल डोटेल रहेका छन् । उनले यसअघि न्यु डायमन्डमा पनि फिजियोको रुपमा काम गरेका थिए ।
प्रशिक्षणको पहिलो दिन सहायक प्रशिक्षक कुमार राई र ट्रेनी अन्जु श्रेष्ठले खेलाडीहरुलाई सामान्य प्रशिक्षण गराए । मुख्य प्रशिक्षक जगदीश भट्ट हाल महेन्द्रनगरमा रहेको र उनलाई बोलाउने प्रक्रिया अघि बढेको संघले जनाएको छ । पहिलो दिन संघबाट प्रतिनिधिका रुपमा उपाध्यक्ष निरोज मास्के, सचिव मनविर छन्त्याल, सदस्य रीता कोइराला, टेक कुमार राजभण्डारी र राखेप सदस्य नन्दा बस्याल उपस्थित रहेकी थिइन् ।
बन्द प्रशिक्षणमा उपस्थित खेलाडी : प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, साफिया पुन, सुनिता खड्का, उषा विष्ट, अरुणा शाही, जानकी भण्डारी, कमला पुन, सलिना श्रेष्ठ, रेश्मा भण्डारी, मनिषा चौधरी, कविता भट्ट, शान्ति थारु, सरस्वती जैशी, कृपा अधिकारी, लक्ष्मी चन्द, सृष्टि खड्गी, रिया कुँवर, संगम महतो, रिमा कुँवर, पुजा चौधरी, झरना श्रेष्ठ, वालमिका आचार्य
बन्द प्रशिक्षणमा अनुपस्थित खेलाडी : कामना विष्ट, पुनम चन्द, शान्तिकला तामाङ, हिरा केसी र सरस्वती कट्टेल
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]