default_image

4 years ago

June 15, 2021

कुमार राई राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) ले होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राईलाई महिला राष्ट्रिय भलिबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

संघले सोमबार साँझ मात्रै प्रशिक्षक राईलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक राई महिला भलिबल खेलाडी उत्पादनको गर्ने प्रशिक्षकको रुपमा चिनिन्छन् । उनले नै उत्पादन गरेका कुनै समयका चर्चित स्पाइकर रमिला तण्डुकारसँगै प्रतिभा माली, रेश्मा भण्डारी, सलिना श्रेष्ठ र कृपा अधिकारीले राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

तण्डुकार अमेरिकामा रहँदा अन्य खेलाडी अहिले पनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । अहिले उनकै एकेडेमीका कृपा र रेश्मासहित ८ खेलाडी बन्द प्रशिक्षणमा छन् । वालमिका आचार्य, झरना श्रेष्ठ, रिमा कुँवर र रिया कुँवर पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन् । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले पनि पछिल्लो समय डायमन्डबाटै खेलिरहेकी छिन् ।

आसन्न एसियन भलिबल च्याम्पियनसिपका लागि महिला भलिबल टोलीको आज (मंगलबार) देखि नै प्रशिक्षण शुरु गरेको छ । मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टको अनुपस्थिति रहँदा सम्म सहायक प्रशिक्षक राईले नै टोलीको प्रशिक्षण सम्हाल्नेछन् । मुख्य प्रशिक्षक भट्ट केही दिनमा नै प्रशिक्षण सम्हाल्न आइपुग्ने बताइएको छ । ट्रेनीमा महिला राष्ट्रिय भलिबल टोलीका पुर्व कप्तान अन्जु श्रेष्ठ रहेकी छिन् ।

प्रशिक्षक राईले २०६४ जेठ ५ गते विधिवत रुपमा महिला भलिबल टोलीको प्रशिक्षण सुरु गरेका थिए । त्यसयता विद्यालयस्तर हुँदै राष्ट्रियस्तरसम्म उनको प्रशिक्षणमा डायमन्डले खेल्दै आएको छ । यो अवधिका डायमन्डले थुप्रै उपाधि जितिसकेका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.