4 years ago
June 14, 2021
एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेका छन् । पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् ।
सुरुवाती दुई सेट गुमाएपनि धैर्यता नगुमाएको जोकोभिचले त्यसपछिको तीन सेट आफ्ना पक्षमा पार्दै उपाधि जित्न सफल भए । जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो र दोस्रो सेट ६–७ (६–८) र २–६ ले गुमाएका थिए । तर त्यसपछि जोकोभिचले एकपक्षीय प्रदर्शन गर्दै सबै २२ वर्षीय स्टेफानोसमाथि तीन सेटमा ६–३, ६–२ र ६–४ को सहज जित निकाले ।
यससँगै जोकोभिचले दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसअघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।
महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोराले जितिन् । शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गरेकी थिइन् ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]