default_image

4 years ago

June 14, 2021

बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरी जोशीको निधन भएको छ । ललितपुर पाटन सुन्धारका जोशीको ६३ वर्षको उमेरमा आइतबार साँझ हृदयघातका कारण मृत्य भएको बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी दिएका थिए ।

हृदयघात भएपछि बिएण्डबी लैजाने क्रममा उनको मृत्यु भएको हो । आठ वर्ष बुद्धिचाल संघको अध्यक्ष रहेका जोशी एक दशक यता अन्तर्राष्ट्रिय बुद्धिचाल संघको इथिक्स कमिटीको सदस्य रहेका थिए ।

नेपाल बुद्धिचाल संघको दुई कार्यकाल ८ बर्ष अध्यक्षको जिम्मेवारी लिएका जोशीको कार्यकाल नेपालको बुद्धिचाल खेल विकास र विस्तारको लागि महत्त्वपूर्ण कदम चालेका थिए । उनी सन् २०१४ मा नर्वेमा भएको फिडे काँग्रेसबाट विश्व बुद्धिचाल महांघको कार्यसमिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका थिए ।

सन् २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोस्रो कार्यकालको लागि पुनः अनुसाशन आयोगमा निर्वाचित भएका थिए । जोशीको अन्तिम संस्कार मंगलबार गरिने महर्जनलेल जानकारी दिए । जोशीकी श्रीमती, एक छोरी र एक छोरा छन् ।

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.