4 years ago
June 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फाईट अगेन्स कोभिड भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ ।
पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४–४ हजार र पौष्टिक आहारको प्याकेजसहित स्वास्थ सामाग्री प्रदान गरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हाताभित्र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाको संयोजनमा खेलाडीहरु दिपेश महत, रामबहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, विशाल गर्बुजा र श्रृजना घिसिङलाई सहयोग हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग वितरण कार्यक्रममा बागमती प्रदेश अध्यक्ष दिपक गुरुङ, उपाध्यक्ष तथा मुवाथाई खेलाडी एवम् प्रशिक्षक उमेश गुरुङ, संघका सचिव एवम् काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री), संघका सदस्य तथा जावालखेल फुटबल क्लबका सदस्य राजु वोगटी लगायतको उपस्थिती रहेको थियो ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले यस अघि पनि आफ्नो सम्पर्कमा आएका कोभिड संक्रमण भएका, अप्ठ्यारो परेका र असहायहरुलाई घरमानै गएर डाक्टरको सुविधा उपलब्ध गराउने, औषधोउपचार गराउने, स्वास्थ्य सामाग्री र सरसल्लाह प्रदान गर्ने, खाद्य सामाग्री प्रदान गर्ने कार्य गर्दै आईरहेको छ ।
लोकतान्त्रिक खेलकुद संघले काठमाडौं खेलकुद समाजको संयोजन तथा समन्वयमा सहयोग वितरण सञ्चालन गर्दै आईरहेको छ । सहयोग वितरणका क्रममा लोकतान्त्रिक खेलकुद संघ बागतमी प्रदेश अध्यक्षले खेलकुद बृत्तमा पिडादायी अवस्था र सहयोग प्रदान गर्नुपर्ने अवस्था भएकाहरुलाई निरन्तर सहयोग गर्ने बताएका थिए ।
लोकतान्त्रिक खेलकुदले गरेको यो सहयोग यस्तो असहज अवस्थामा खेलाडीहरुको लागि निकै नै ठुलो सहयोग रहेको पारा खेलाडीहरुले बताए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]