default_image

4 years ago

June 12, 2021

क्वान मुकान कराँतेको सहयोग

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्वान मुकान कराँते डो संघको संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा निषेधाज्ञाका कारण असहज स्थितिमा रहेका विभिन्न खेलमा आबद्ध खेलाडी र उनको परिवारसँगै दैनिक ज्याला मजदुरी गर्ने र अशक्त परिवारलाई रासनसँगै औषधी उपचारको लागि केही आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाल क्वान मुकान कराँते डो संघको केन्द्रिय कार्यालय अनामनगरमा शनिबार डोजोका प्रशिक्षक मकर बहादर श्रेष्ठ र विकास श्रेष्ठले ८२ परिवार, ३ जना मृगौला पीडित र एक दृष्टिविहीन जुडो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

८२ परिवारलाई रासन तथा मृगौला पीडित र दृष्टिविहीन जुडो खेलाडीलाई रासनसँगै आर्थिक सहयोग प्रदान गएिको पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते खेलाडी हाल नेपाल क्वान मुकान कराते डो संघका प्रशिक्षक मणि कुमार सुनुवारले जानकारी गराए । उनले अझैपनि केही परिवारलाई रासन दिनको लागि नाम टिपाइरहेको बताए ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.