4 years ago
June 8, 2021
एजेन्सी – तेस्रो वरियताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरियता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा शुरुवातमा २–० को अग्रता लिएपनि नाडाल ४–२ ले पछि परेको थियो । तर नाडालले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिको दुवै सेटमा नाडालले खासै संघर्ष गर्नुपरेन । दोस्रो सेट ६–३ ले सहजै आफ्नो पक्षमा पारेको नाडालले तेस्रो सेट ६–० ले सहजै आफ्नो पक्षमा पारेको थियो ।
अब ३६ वर्षीय नाडालले क्वाटरफाइनलमा अर्जेन्टिनी डिएगो स्वार्टजमानको सामना गर्नेछ । डिएगोले जर्मनीका जान लेन्नार्ड स्ट्रफलाई ७–६, ६–४ र ७–५ ले पराजित गरेको थियो । नाडाल र डिएगो समग्रमा ११ पटक खेल्दा सबैमा नाडाल विजयी भएको छ । फ्रेन्च ओपनमा उनीहरुको यो तेस्रो भेट हुनेछ । नाडालले २०१८ मा क्वाटरफाइनलमा तथा २०२० मा सेमिफाइनलमा डिएगोलाई पराजित गरेका थियो ।
यस्तै शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले इटालियन लोरेन्जो मुसेट्टीबाट वाकओभर पाएपछि क्वाटरफाइनलम स्थान बनाएको छ । मुसेट्टीले सुरुवाती दुई सेटमा ७–६ र ७–६ को जित निकालेको थियो । त्यसपछिको दुई सेट ६–१ र ६–० ले गुमाएको थियो । निर्णायक सेटमा जोकोभिच ४–० ले अघि रहँदा उनले वाकओभर दिएका थिए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]