default_image

3 years ago

June 3, 2021

दुखीलाई दुलाल दम्पतिको सहयोग

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोश्रो लहरका कारण उपत्यका निषेधाज्ञा जारी भएपछि असहज परिस्थितीमा रहेकालाई दुलाल दम्पतिले खाद्य सामग्री प्रदान गरेका छन् ।

गरिब दुखी तथा असहायहरुका लागि सामाजिक दायित्वलाई महसुस गर्दै सहयोगीको रुपमा विभिन्न खेलकुद क्षेत्रका नेतृत्वहरु पनि अगाडी बढिरहेकाको अवस्थामा अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, पूर्व खेलाडी एवम् एपिएफका टेबल टेनिस प्रशिक्षक राजेन्द्र दुलाल र उनकी पत्नी समिक्षा दुलालले निषेधाज्ञाका कारण दैनिक आय आर्जन नभई असहज परिस्थिीमा रहेका ५०० परिवारलाई खाद्य सामाग्री प्रदान गरेर सहयोग पु¥याएका छन् ।

ठमेल पर्यटन बिकास परिषदका सदस्य समेत रहेका दुलालले प्रत्येक परिवारका लागि ५ केजी चामल, एक केजी च्युरा, दाल, सोयाविन मस्यौरा र एक लिटर तेल प्रदान गरेका दुलाले जानकारी गराए । स्वास्थ्यले मात्र नभई दैनिक कमाई गरेर खानु पर्ने ब्यक्तिहरुलाई आर्थिक कठिनाई हुनाका कारण खानामा समस्या पनि पर्ने भएकोले हामीले केहि खाद्यान्नको अभावलाई सहज बनाउने कोशिस गरेका दुलालले बताए ।

November 22, 2024

फाल्डो यु-२१ को उपाधि विजेता सदभावलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]

November 21, 2024

फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल- सदभावले जिते यु २१ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]

November 21, 2024

विराटनगरको ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट

काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]

Success

Thank you for your time.