default_image

4 years ago

June 3, 2021

बक्सिङ संघको श्रद्धाञ्जली

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङका पूर्व खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन श्रद्धाञ्जली व्यक्त गरेको छ ।

संघका महासचिव सविन भट्टाचार्यले विज्ञप्ती जारी गरी कोरोनासँग लामो लडाई लडेका केसीको बिहिबार निधन भएको उल्लेख छ । केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजतपदक तथा भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुदमा कांस्यपदक जितेका थिए ।

सक्रिय खेलाडी जीवनलाई टुङ्ग्याएर पनि उनले बक्सिङकै विकास र विस्तारमा सक्रिय रुपमा लागेका उनको असामयिक निधनले सिंगो नेपाली बक्सिङलाई अपूरणीय क्षति पुगेको, बक्सिङले होनाहार सपुत गुमाएको र उनले नेपाली बक्सिङको विकास र विस्तारमा पु¥याएको योगदान सदा स्मरणीय रहने विज्ञप्तिमा उल्लेख छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.