4 years ago
June 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको तर्फबाट नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका मन्देकाजी श्रेष्ठले जेएसएसबी पेन्डामिक अफ कोभिड रेस्कस टिमलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
श्रेष्ठले कोरोना महामारीको समयमा शव व्यवस्थापनमा खटिदै आएको जेएसएसबी टिमलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । श्रेष्ठले जेएसएस टिमका प्रतिनिधि राम प्रजापति, कृष्ण राम जाकीबन्जार र अनन्त वैद्यलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।
दोहोरो स्वर्णधारी श्रेष्ठले ह्याण्ड स्यानिटाइजर, मास्क र सडक तथा टोलमा कोरोना लगायत कुनैपनि संक्रमण फैलिन नदिनको लागि छरिने सडक स्प्रे लगायतको स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]