4 years ago
May 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन टेक्निकल अफिसियल तथा अम्पायर उदय अर्याल कोरोना संक्रमणमुक्त भएका छन् । उनी ८ दिनको अस्पताल बसाईपछि कोरोना संक्रमणमुक्त हुदै आइतबार घर फर्किएका छन् ।
कोरोना संक्रमणका कारण असहज महसुस भएपछि अर्याललाई गत आइतबार वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भएको थियो । अस्पताल पु¥याउदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम भइसकेको थियो । उनको ट्रमा सेन्टरमा अक्सिजन सिलिन्डरसहित उपचार भएको थियो ।
आइतबार अस्पतालबाट डिस्चार्ज भएसँगै उनले केही दिन घरमै आराम गर्नेछन् । अम्पायर अर्यालले आफ्नो उपचारमा संम्लग्न डाक्टर कृष्ण नन्दन चौधरीलगात उनको टोली, ट्रमा सेन्टरको स्टाफ राजकुमार पोखरेल र आफुलाई स्वास्थलाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।