8 years ago
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले सफलता प्राप्त गरेको दिन बुधबार रेडबुल फुटसल लिगमा हाइवे र बिजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन् । हाइवे फुटसलले होम ग्राउन्डमा बीजी ब्रदर्शसंग २–२ गोल खेलेको थियो । हाइवेका लागि विज्ञान कटवाल र रमेश घिसिङले समान १ गोल गरे । बिजीका सुमन गुरुङ र आकाश लामाले १/१ गोल गरे । हाइवेका विज्ञान म्यान अफ दी म्याच भए ।
समूह एको खेलमा रजनी फुटसलले आदर्श फुटसललाई ७–२ ले हरायो । अवे खेलमा रजनीका लागि रुसन केसीले एक्लैले ५ गोल गरे । २ गोल म्यान अफ द म्याच घोषित सुमन कार्कीले गरे । होम टोलीका लागि अविरल रिजाल र संमजय बानियाँले समान १ गोल गरे । नेपाली फुटसलमा सर्वाधिक पुरस्का रहेको लिगको समूह बीमा ९ अंकसहित शीर्ष स्थान छ । १२ अंकसहित किकअफ फुटसल समूह एको शीर्षस्थानमा छ ।
एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने प्रतियोगितामा राजधानीका १६ टोलीको सहभागिता छ । समूह एमा चौर रिक्रिएसन, ढुकु , रजनी , इम्पेरियल , ह्वाइट हर्स , बानेश्वर रिक्रिएसन, आदर्श र किक अफ छन् । हरिसिद्धि , सामाखुसी , कुमारी , हाइवे , कीर्तिपुर, शंखमुल , ताहाचल र बिजी ब्रदर्श समूह बीमा छन् । प्रतियोगिताको विजेता टोलीले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
रेडबुल फुटसल लिगमा भोलिको खेल
बानेश्वर रिक्रियसन सेन्टरविरुद्ध इम्पेरियल फुटसल
समय – दिउँसो १२ः३० बजे
स्थान – बानेश्वर रिक्रियसन सेन्टर, मध्यबानेश्वर
कुमारी फुटसलविरुद्ध कीर्तिपुर फुटसल
समय – दिउँसो ३ः३० बजे
स्थान – कुमारी फुटसल, पकनाजोल
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।