8 years ago
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खासै विकास हुन नसकेको सेपाकताक्रोले अन्र्तर्राष्ट्रिय प्रतियोगितामा भने सफलता प्राप्त गरेको छ । थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपाली टोली दुई पदक जितेर फर्केको छ ।
नेपाल सेपाकताक्रो संघले कार्यक्रम सार्वजनिक गर्ने क्रममा बुधबार पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष नेत्रप्रसाद लिम्बूले नेपालले दुई कांस्य पदक जितेको बताएका हुन् । अक्टोबर १७ देखि २३ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाली टोलीले रेगु इभेन्ट र डबल इभेन्टमा कांस्य पदक जितेको थियो । अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीमा अनिल जर्घा मगर, एलन गुरुङ, राजु तामाङ, शैलेश दाहाल, रोशन तामाङ, सुजन डंगोल, मुकुन्द गौतम र रुपेश सुनारले प्रतिस्पर्धा गरेका थिए । गंगा गुरुङ टोलीको प्रशिक्षक हुन् । सोही पत्रकार सम्मेलनमा सेपाकताक्रो संघका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार सीताराम मास्के एसियाली सेपाकताक्रो महासंघको उपाध्यक्षमा निर्विचित भएको बताइयो । मास्के अन्तर्राष्ट्रिय सेपाकताक्रो महासंघका पनि सदस्य हुन् । अध्यक्षमा मास्केसहित दक्षिण एसियाली सेपाकताक्रो महासंघमा नेपालबाट पाँच चुनिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । मास्के अध्यक्ष, महासचिवमा ध्रुव गुरुङ, सचिवमा नेत्रप्रसाद गुरुङ तथा सदस्यमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र गंगा गुरुङ चयन भए । जनवरी १३ देखि १५ तारिखसम्म श्रीलंकाको कोलम्बोमा हुने दोश्रो दक्षिण एसियाली सेपाकताक्रो प्रतियोगितामा नेपालले भाग लिने जनाएको छ । दक्षिण एसियाली सेपाककताक्रोको तेस्रो संसकरण आयोजनाका लागि नेपालले दावी गर्ने जनाइएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]