default_image

4 years ago

May 21, 2021

अम्पायर समूहको सहयोग

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरस्थित इखाछें आईसोलेसन वार्डको लागि नेपाल ब्याडमिन्टन अम्पायर समूहको तर्फबाट स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

उन्नति फाउण्डेशनको सहयोगमा अम्पायर समूहले वार्डमा खटिने ब्यक्ति तथा संक्रमितका लागि ५० पिसको ४० बक्स सर्जिकल मास्क प्रदान गरेको हो । मास्क समूहका सदस्य द्वय अन्तराष्ट्रिय अम्पायर सुमित शाक्य र राष्ट्रिय अम्पायर राजु देउजाले आईसोलेसन वार्डकी स्वास्थ्य स्वयंसेविका कृति शाक्यलाई प्रदान गरे ।

अघिल्लो बर्ष कोभिडको प्रकोप बृद्धि हुन थाले पश्चात समूदायलार्य संक्रमणबाट जोगाउन समूदायस्तरबाट संचालनमा आएको कोभिड १९ को प्रकोपमा वृद्धिका कारण विभिन्न स्थानमा संक्रमितहरुका लागि आईसोलेसन वार्डहरु सञ्चालनमा आई रहेको छ ।

अघिल्लो बर्ष देखिनै समूदायलाई संक्रमणबाट जोगाउन ललितपुर वडा ११ स्थित समूदायस्तरमानै इखाछे कोभिड आईसोलेसन वार्ड स्थापना गरि कोभिड संक्रमितको रेख देख, सुविधा सम्पन्न स्वास्थ्य उपचारका साथै स्वास्थ्य सरसल्लाह, अक्सिजनको ब्यवस्था तथा औषधी उपलब्ध गराउँदै आईरहेको इखाछें टोल कमिटिका सचिव एवं ब्याडमिन्टन राष्ट्रिय अम्पायर अनुपरत्न शाक्यले जानकारी गराए ।

हाल उक्त आईसोलेसनमा डा. मिलन बज्राचार्य, डा. ईरिशा तण्डुकार, स्टाफ नर्स कृतिका बज्राचार्य र ल्याब असिष्टेन्ट कृती शाक्यको स्वास्थ्य टोलीले कार्य गर्दै आईरहेका छन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.