default_image

4 years ago

May 21, 2021

लोकतान्त्रिक खेलकुदको कोभिड अभियान

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाईट अगेन्स्ट कोभिड १९ अभियान सुरु गरेको छ ।

सोहि क्रममा कोभिड संक्रमणबाट मृत्यु भएका क्योकुसिन करातेका अन्तराष्ट्रिय खेलाडी, प्रदेश २ क्योकुसिन कान कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवम् प्रदेश नम्वर २ का संयोजक स्व. बैजनाथबाबा यादवको परिवारलाई नगद ३० हजार दिने निर्णय सहित अभियानको सुरुवात गरेको हो ।

‘विश्वभर फैलिएको कोभिडले महामारीको रुपमा सवै क्षेत्रलाई अस्तब्यस्त बनाएको छ । यस परिवेशमा जीवनभर राष्ट्रका लागि योगदान दिएका र भविष्यमा नेपालको पहिचान बनाउन सक्ने अधिकांश खेलाडीहरु, प्रशिक्षक, निर्णायक तथा खेलपत्रकारहरु पनि यस महामारीबाट अछुतो रहन सकेको छैन ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश अध्यक्ष दीपक गुरुङले खेल क्षेत्रका कैयन ब्यक्तित्वहरुलाई हामीले गुमाई सकेको अवस्थामा त्यस्ता ब्यक्तिहरुका लागि हामीले यथासक्य सहयोग गर्ने निर्णय सहित अभियान संचालन गर्ने निधो गरेको बताए ।

अभियान अन्तरगत पहिलो चरणमा काठमाडांै उपत्यकाभित्र रहेका खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलपत्रकारहरु कोभिड संक्रमण भई घरमानै क्वारेन्टाईन वा आईसोलेसनमा रहेकाहरुलाई डाक्टर परामर्श, औषधी तथा भिटामिनहरुको प्रवन्ध गर्ने, अत्यावश्यक परेको खण्डमा यथासक्य रुपमा आर्थिक सहयोग समेत रहेको छ ।

यस अभियानलाई ब्यवस्थित गर्नका लागि काठमाण्डौ खेलकुद समाजको संयोजनमा एक मेडिकल टिमको समेत गठन गरिएको छ । उक्त टिमले संक्रमित भई घरमा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको स्वास्थ्य चेकजाँच गर्ने, आवश्यक भिटामिन तथा औषधी उपचारको प्रवन्ध गर्ने र आवश्यक परेको खण्डमा घरमानै पिसिआर परिक्षणको समेत ब्यवस्थापन गर्ने अध्यक्ष गुरुङले बताए ।

अभियानको सुरुवात पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा गरिने छ । ओलम्पिक, एशियन, साग तथा राष्ट्रिय खेलकुदमा मेडल प्राप्त गरेका खेलाडी, प्रशिक्षक, निर्णायक र खेलपत्रकारहरुले सेवा प्राप्त गर्नेछन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.