8 years ago
October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई बुधबार सम्मान गरेको छ । २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविधिक र प्रशासन तर्फका विभिन्न तहका ५० कर्मचारीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, धनबहादुर बस्नेत, भीम थापा, केशव गौतम, कपिलकिशोर श्रेष्ठ, शिवभक्त जोशी, दीपराज गुरुङ, अशोकराज पाण्डे, शान्ती सिंह, वृजेन्द्रबहादुर हमाल, नारायणबहादुर प्रधान, सुरेन्द्र सुवाल, कृष्ण थापा, मोहन गुरुङ घले, ध्रुवविक्रम शाह, ध्रुवबहादुर केसी, श्रीराम रन्जितकार, महेन्द्रलाल श्रेष्ठ, सुरेश सिंह आले छन् ।
त्यस्तै सोहन सिन्हा, सुरेन्द्र खाती, सत्येन्द्र बस्नेत, रुद्रप्रसाद ढकाल, बुद्धिसागर चापागाईं, लक्ष्मीनारायण वैद्य, रामनारायण राय, भगिरथ आले, लोकप्रसाद ओली, सन्तोषकुमार बानियाँ, जितेन्द्र चौधरी, शम्भु केसी, पूर्णमान वज्राचार्य, रामशरण अधिकारी, विजयमान राजभण्डारी, डा. प्रदीप जोशी, हरिबहादुर श्रेष्ठ, वैजुनाथ कपाली, नन्दलाल यादव, विकुलाल चौधरी, श्यामकुमार मण्डल, कैलाश श्रेष्ठ, कृष्णबहादुर लामा, लक्ष्मण महत तथा राजकुमार गौतम सम्मानित भए । राखेपको ओलम्पियन सेमी कभर्डहलमा आयोजित कार्यक्रममा पूर्व कर्मचारीलाई उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधीले कदर पत्र प्रदान गरी सम्मान गरे ।
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]