4 years ago
May 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोडिभ–१९) को दोस्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् ।
समस्यामा परेकालाई सहयोग गर्न खड्काले आफ्नै नेतृत्वमा व्यक्तिगत तथा देश÷विदेशमा रहेका मनकारी नेपालीहरुको सहायतामा आर्थिक सहयोग जुटाउदै ‘सबैका लागि हामी’ भन्ने अभियान नै सञ्चालन गरेका छन् । यो अभियानमा धतुरे नामले चिनिने कलाकार सीपी पुडासैनीलगायतको पनि संलग्नता छ ।
यहि अभियानअन्तर्गत मंगलबार खड्काले गोकर्णेश्वर नगरपालिका ८ का फरक क्षमता (अपाङ्गता) भएका भीम भुजेलको परिवारलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहत स्वरुप प्रदान गरी सहयोग गरे । उनले भीमलाई ५७ हजार ६ सय रुपैयाँ नगद तथा १ बोरा चामल, दाल, नुन, तेल र तरकारी प्रदान गरे । भीमका भाइ पनि फरक क्षमता भएका हुन् भने ८० वर्षीया आमा पनि बिरामी छिन् ।
यसअघि खड्काले दोलखा घर भई हाल खसीबजार (बागबजार) मा डेरा गरी बस्दै आएका डिल्लीबहादुर कार्कीलाई उपचारका लागि २५ हजार नगदसहित खाद्यान्न उपलब्ध गराएका थिए । कार्की रुखबाट खसेर कम्मरमुनिको भाग चल्नै नसक्ने अवस्थामा छन् । त्यस्तै अक्सिजन अभावका कारण कोरानो भाइरसको उपचारमा समस्या भोगिरहेका कसैलाई सिलिन्डरसहितको अक्सिजन त कसैलाई अक्सिजन भरेर दिने काम पनि सक्रिय रहँदै आएका छन् ।
हालसम्म ११ जनालाई सहयोग गरिसकेको खड्काले जानकारी दिए । कोरोना भाइरसकै कारण २०७६ सालको चैत ११ गते गरिएको लकडाउन र त्यसपछि गरिएको निशेधाज्ञाका दौरान पनि खड्काले समस्यामा परेका कैयौं व्यक्ति र परिवारलाई आर्थिक सहयोग, स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग स्वरुप प्रदान गरेका थिए ।
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण पीडितहरुको सहयोगार्थ खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । खड्काले सबैको साथ र सहयोगले दुःखीहरुलाई सहयोग गर्न सम्भव भएको बताउदै आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोगलाई जारी राख्ने प्रतिबद्धता जनाए ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]