default_image

4 years ago

May 16, 2021

एसियन महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीको पनि सहभागिता पक्का भएको २१औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप चीनमा नभई फिलिपिन्समा हुने भएको छ ।

चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघ (एभीसी) ले नयाँ आयोजकको रुपमा फिलिपिन्स रोजेको हो । एभीसीले शनिबार फिलिपिन्सले प्रतियोगिता आयोजना गर्ने पुष्टि गरेको हो । च्याम्पियनसिप सोही मिति अर्थात आगामी अगस्ट २९ देखि सेप्टेम्वर ५ तारिखसम्म अर्थात २०७८ भदौ १३ देखि २० गते सम्म फिलिपिन्सको सुबिक एण्ड क्लार्कमा हुनेछ ।

यसअघि च्याम्पियनसिप चीनको जियाङमेनमा हुने तय भएको थियो । एसियन महिला भलिबल च्याम्पियनसिप फिलिपिन्समा तेस्रोपटक हुन लागेको हो । यसअघि फिलिपिन्सले १९९७ र २०१७ मा च्याम्पियनसिप आयोजना गरेको थियो । कोभिड १९ का कारण च्याम्पिनसिप रोक्नु पर्ने भएको अवस्थामा भने दुई महिना अघि आयोजकले सुचना जारी गर्ने छ ।

नेपालको पनि सहभागिता रहने च्याम्पियनसिपमा एसियाका पावरहाउसहरु जापान, चीन, कोरिया, थाइल्याण्डलगायत १६ टिमले टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालको महिला टिमले भने पहिलोपटक यति ठूलो प्रतियोगिता खेल्ने भएको हो ।

एनभिएको पुस २ गते बसेको कार्यसमिति बैठकले महिला टोलीलाई दक्षिण एसियाली भन्दा माथिल्लो स्तरमा पनि सहभागी गराउनु पर्दछ भन्ने उद्देश्यका साथ महिला टोलीलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेको थियो ।

१६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ । पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधै छनोट हुनेछन् । साविक विजेता जापान, उपविजेता थाइल्यान्ड, दक्षिण कोरिया, चीन, काजकस्तान, चाइनिज ताइपे, इरान, इन्डोनेसिया, अष्ट्रेलिया र भारत र शीर्ष १० मा रहेको थिए ।

आयोजक फिलिपिन्स सोझै छनोट हुँदा हङकङले आयोजकको कोटाबाट च्याम्पियनसिप् खेल्ने भएको हो । बाँकी ५ टोली बाट क्षेत्रिय छनोटबाट आएका हुन् । नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत छनोट भएका छन् । बाँकी तीन टोलीमा नेपालसहित श्रीलंका र उज्वेकिस्तान पनि एसियन च्याम्पियनसिपका लागि सिधै छनोट भएका हुन् ।

दुई वर्ष अघि नेपालले एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । उक्त प्रतियोगितामा नेपालले माल्दिभ्सलाई हराउँदै उपाधि जितेको थियो । सोही वर्ष नै स्वदेशमा आयोजना १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । सागमा सेमिफाइनलमा श्रीलंकालाई हराएको नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

च्याम्पियनसिप नजिकिंदै गर्दा नेपाली राष्ट्रिय महिला भलिबल टोलीको छनोट र प्रशिक्षण हुन सकेको छैन । संघले पाँचौ संस्करणको आरबीबी एनभिए क्लब लिगमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गर्दै वैशाख अन्तिम सातादेखि प्रशिक्षण सुरु गर्ने बताएपनि नेपालमा बढ्दै गएको दोस्रो लहरको कोरोना भेरिएन्टका कारण देशभरको विभिन्न स्थानमा भएको लकडाउन र निषेधाज्ञाले सबै प्रभावित बनेको छ । यस्तो अवस्थामा संघले १८ बैशाखमा एक सुचना जारी गर्दै भलिबल गतिविधि केही समयका लागि स्थगित गरेको जनाएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.