default_image

4 years ago

May 15, 2021

केसीको अध्यक्षतामा सिजुओका स्पोर्ट्स क्लब जापानको नयाँ कार्यसमिति

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानको सिजुओकामा अवस्थित सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशनले कृष्ण केसीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

गत बिहीबार भएको अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । तीन उपाध्यक्षमा उमेश अर्याल, बालकृष्ण ढुंगाना र भीम श्रीस रहेका छन् । सचिवमा चित्र बुढाथोकी र कोषाध्यक्षमा दीपक खत्री निर्विरोध निर्वाचित भए ।

सह–सचिवमा कुल बहादुर खत्री र सह– कोषाध्यक्षमा नवराज बराल नियुक्त हुदा सोही अधिवेशनले डि.बी थापालाई क्लबको खेल संयोजकको जिम्मेवारी प्रदान गरेको नवनिर्वाचित कोषाध्यक्ष दिपक खत्रीले जानकारी गराए । गत बिहीबार १३ मेमा नेपाली रेष्टुरेन्ट ‘चौतारी’ सिजुओकामा भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।

क्लबको स्थापना भने २०१८ मा भएको थियो । क्लबको प्राथमिकतामा विशेषगरी भलिबल रहेको र क्लबले लगातार जापानमा विभिन्न कार्यक्रम र प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको भएता पनि आगामी दिनहरुमा क्लबले अन्य खेलबिधाहरु लाई पनि जोड्दै सांस्कृतिक तथा सामाजिक कार्य पनि गर्दै जाने कुरा नवनिर्वाचित अध्यक्ष कृष्ण केसीले जानकारी गराए ।

२५ जनाको कार्यसमिति रहेपनि क्लबले सदस्यता लिन चाहनेहरुलाई सदस्यता प्रदान गर्दै जाने बताएका छन् । गत बिहीबार १३ मेमा नेपाली रेष्टुरेन्ट ‘चौतारी’ सिजुओकामा भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्याको हुनेछ । क्लबको स्थापना २०१८ मा भएको थियो ।

क्लबको प्राथमिकतामा विशेषगरी भलिबल रहेको र क्लबले लगातार जापानमा विभिन्न कार्यक्रम र प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको नवनिर्वाचित अध्यक्ष कृष्ण केसीले जानकारी गराए ।

क्लबले क्लबको कार्यसमितिमा रही कार्य गर्न इच्छुक नुमाजु, मिसिमा, फुजी, सिजुओका, याईजु, फुजिएदा, फुकुराई, ईवाता र हामामाचुलगायत सिजुओकाका अन्य क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण भलिबल तथा खेलप्रेमीलाई अधिवेशनमा आउन आग्रह गरेको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.