default_image

4 years ago

May 14, 2021

खेलकुद महासंघद्धारा स्वास्थ्य सामग्री वितरण

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सत्तारुढ दल नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले नयाँ कमिटि गठन गरे लगत्तै खेलकुद गतिविधिलाई तिव्रता दिएको छ ।

यसअघि महासंघले युवा तथा खेलकुद मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै खेलकुदका सम्पुर्ण संरचनालाई कोभिडविरुद्धको लडाँईमा प्रयोग गर्न अपिल गरेको थियो । महासंघले ‘कोभिड नो भिड’ नारा अन्तर्गत राजधानीसहित देशभरका विभिन्न स्थानमा खेलाडी तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।

यसैबी राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य तथा नेपालखेलकुद महासंघका उपाध्यक्ष सुभाष श्रेष्ठ, महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, उप महासचिव प्रदिप खत्रीको टोलीले शुक्रबार उपत्यकाका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

यो टोलीले त्रिभुवन आर्मी क्लबमा रहेका खेलाडीलाई उपलब्ध गराएको सामग्री पुर्व राष्ट्रिय महिला ब्याडमिन्टन च्याम्पियन सरादेवी तामाङलाई हस्तान्तरण गरेका छन् । स्वास्थ सामग्रीमा स्यानिटाइजर, मास्क, फेस शिल्ड, ग्लोभ्स लगायत छन् ।

यस्तै यो टोलीले सातदोबाटो ट्राफिक कार्यालय र बुढानिलकन्ठ वडा प्रहरी कार्यालयमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेका छन् । महासंघको यस कार्यप्रति सम्विन्धत संस्थाहरुले आभार व्यक्त गरेका छन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.