8 years ago
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– ह्वाइ हर्ष फुटसलले मंगलबार रेडबुल फुटसल लिग अन्तर्गत समूह एमा सफलता हासिल गर्दा बीमा शंखमुल र हरिसिद्धि फुटसलले बराबरी खेलेका छन् ।
ढुकु फुटसल महाराजगञ्जको होमा ह्वाइट हर्स ३–२ को जित निकालेको हो । ह्वाइट हर्सका लागि मनोज प्रजापति, नितेश महर्जन र रितेश लामाले गोल गरे । ढुकुका लागि दुवै गोल अविल हमिदले गरे ।
ह्वाइट हर्सलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका रितेश लामा खेलको म्यान अफ द म्याच बने । लिगमा ४ खेल खेलेको ह्वाइट हर्सले ७ अंक जोडेको छ भने ४ वटै खेल खेलेको ढुकुको ६ अंक रहेको छ ।
त्यसैगरी समूह बीको खेलमा शंखमुल र हरिसिद्धि फुटसलले ४–४ को बराबरी खेलेका छन् । होममा शंखमुलका अभय राणाले २ गोल गरे भने शेरबहादुर थापा र विप्लवध्वज शाहले १÷१ गोल गरे । हरिसिद्धिका रैफी महर्जन र लालबहादुर तामाङले २÷२ गोल गरे । हरिसिद्धिका किपर निरज महर्जन भ्यान अफ द म्याच घोषित भए ।
लिगमा ४ खेल खेलेका दुबै टोलीले ७ अंक बटुलेका छन् । लिगमा गोल भिन्नतामा शंखमुल अगाडि छ । नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिगमा समूह बीमा ताहाचल समूह एमा किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएका छन् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ भने ४ खेल खेलेको किकअफको १२ अंक छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।