4 years ago
May 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ ।
सोहि क्रममा नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ । सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरुको टोलीले ईटहरीस्थित १ नं. प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मास्क, स्यानिटाईजर र ग्लोभ्स प्रदान गरेको छ ।
नेकोसका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतले २२५० थान मास्क, १० लिटर स्यानिटाईजर र केहि दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन् ।
पहिलो चरणमा अहोरात्र सडकमा खटिदै प्रत्यक्ष जनसम्पर्कमा रहने भएकाले कोभिड संक्रमणको अग्रस्थानमा रहेका ट्राफिकहरुको लागि यो स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । नेकोसले कोभिड संक्रमण रोक्नका लागि क्रमशः अन्य क्षेत्रमा पनि सहयोग गर्दै जाने बताएका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]