default_image

4 years ago

May 7, 2021

सिजुओका स्पोर्ट्स क्लब जापानको अधिवेशन अर्काे साता

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जापानको सिजुओकामा अवस्थित सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन अर्काे साता हुदैछ ।

सिजुओका स्पोर्ट्स क्लबको प्रथम अधिवेशन आगमी बिहीबार १३ मेमा नेपाली रेष्टुरेन्ट ‘चौतारी’ सिजुओकामा हुनेछ । यो अधिवेशनले क्लबको नयाँ कार्यसमिति चयन गर्नेछ । क्लबको स्थापना २०१८ मा भएको थियो ।

क्लबको प्राथमिकतामा विशेषगरी भलिबल रहेको र क्लबले लगातार जापानमा विभिन्न कार्यक्रम र प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको कोर्डिनेटर कृष्ण केसीले जानकारी गराए ।

क्लबले क्लबको कार्यसमितिमा रही कार्य गर्न इच्छुक नुमाजु, मिसिमा, फुजी, सिजुओका, याईजु, फुजिएदा, फुकुराई, ईवाता र हामामाचुलगायत सिजुओकाका अन्य क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण भलिबल तथा खेलप्रेमीलाई अधिवेशनमा आइदिन हुन र क्लबको अधिवेशनलाई भव्यताका साथ सफल पारिदिनुहुन अनुरोध गरेको छ ।

सिजुओका स्पोर्ट्स क्लबको प्रशिक्षक दीपक खत्री रहेका छन् । उनले पनि आउँदो बिहीबार हुने अधिवेशनमा सम्पुर्ण भलिबल प्रेमीलाई अधिवेशनमा आइदिनुहुन अनुरोध गरेका छन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.