4 years ago
May 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।
महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरियो । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो ।
सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् भने बाँकी खड्काले उपलब्ध गराएका हुन् ।
खड्कासहित राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालका स्वकीय सचिव मनोज खड्गी र समाजसेवी अमरचन्द्र बोहराले सम्बन्धित स्थानमै गएर सामग्री हस्तान्तरण गरे । प्रभागका प्रहरी सहायक निरीक्षक जयबहादुर बस्नेत र विटका प्रहरी सहायक निरीक्षक प्रेमकुमार लिम्बूलाई उक्त सागग्री हस्तान्तरण गरिएको थियो ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले यसअघि कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन र निशेधाज्ञाका बेला पनि ४ सय २० दुःखी परिवारलाई खाद्य सामग्री राहत स्वरुप वितरण गरेका थिए । साथै सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएका थिए ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]