default_image

4 years ago

May 3, 2021

भारत र अष्ट्रेलियालाई पछि पार्दै न्युजिल्यान्ड शीर्षस्थानमा

117 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले भारत, अष्ट्रेलिया र इंग्ल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को ओडिआई वरियतामा शीर्षस्थानमा उक्लिएको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ वार्षिक वरियतामा न्युजिल्यान्डले साविक विजेता इंग्ल्यान्ड, भारत र अष्ट्रेलिया जस्ता देशलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ ।

न्युजिल्यान्डको १७ खेलमा १ सय २१ रेटिङ अंक छ । दोस्रो स्थानमा रहेको अष्ट्रेलिया १ सय १८ रेटिङ अंक छ । तेस्रो स्थानको भारतको १ सय १५ रेटिङ अंक छ । यसअघि शीर्षस्थानमा रहेको इंग्ल्यान्ड चौथो स्थानमा पुगेको छ । इंग्ल्यान्डको १ सय १५ रेटिङ अंक छ ।


दक्षिण अफ्रिका पाँचौं, पाकिस्तान छैटौं, बंगलादेश सातौं र वेस्टइन्डिज आठौं औं स्थानमा छन् । श्रीलंका नवौं, अफगानिस्तान दशौं, नेदरल्यान्ड्स ११ औं स्थानमा छ । नेदरल्यान्ड्सले दुई टेष्ट टोलीलाई पछि पारेको छ । आयरल्यान्ड १२ र जिम्बावे १३ औं स्थानमा छन् । नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ ।

नेपालको २४ रेटिङ प्वाइन्ट छ । स्कटल्यान्ड १५ औं र ओमान १४ औं स्थानमा छन् । यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । १ मे २०१८ देखि यताको नतिजालाई आधार मानेर आइसिसीले वार्षिक वरियता जारी गरेको हो । २०१८/१९ तथा २०१९/२० को नतिजालाई आइसिसीले ५० प्रतिशत आधार मानेको छ । २०२० को नतिजालाई शतप्रतिशत आधार मानिएको आइसिसीले जनाएको छ ।

न्युजिल्यान्डले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डले सन् २०१९ मा एकदिवसिय विश्वकप फाइनल खेलेको थियो । न्युजिल्यान्डले पछिल्लो तीन वर्षमा खेलेका ३० मध्य २० ओडिआई खेल जितेको छ । जसक्रममा न्युजिल्यान्डले बंगलादेश, श्रीलंका र भारत जस्ता देशमाथि क्लिनस्विपनै गरेको थियो ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.