4 years ago
May 1, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । अरुण जेटली स्टेडियम दिल्लीमा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।
मुम्बईले टोलीमा दुई परिवर्तन गरेको छ । न्युजिल्यान्डका अलराउन्डर जेम्स निशमले मुम्बईको लागि डेब्यू गरेका छन् । त्यस्तै धवल कुलकर्णीलाई पनि टोलीको प्लेइङ ११ मा मौका दिएको छ । कुलकर्णी र निशमलाई मौका दिँदा नाथन कुल्टर नाइल र जयन्त यादवलाई बेन्च बसेका छन् । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने निशमले मध्यगतिमा बलिङ गर्ने गर्दछन् । निशमले गतवर्ष पन्जाब किंग्सबाट आइपिएल खेलेका थिए । निशमलाई न्युजिल्यान्डका पूर्व तीव्र गतिका बलर शेन बोन्डले क्याप दिएका थिए ।
चेन्नईले भने टोलीमा परिवर्तन गरेको छैन । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई मुम्बईलाई हराउँदै १२ अंकका साथ शीर्षस्थानमा कायमै रहन चाहन्छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स चेन्नईलाई हराउँदै चौथो जितका साथ ८ अंक जोड्ने सोचमा छ । आइपिएलका यी दुई सर्वाधिक सफल टिम र कप्तानबीचको प्रतिस्पर्धा रोचक र कडा हुने अनुमान गरिएको छ । चेन्नई र मुम्बईको खेललाई ‘आइपिएल क्लासिको’ पनि भनिन्छ ।
मुम्बईको प्लेइङ ११ : क्विन्टन डी कक (विकेटकिपर), रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, जेम्स निशम, धवल कुलकर्णी, राहुल चाहर, जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट ।
चेन्नईको प्लेइङ ११ : ऋतुराज गायकवाड, फाफ डु प्लेसिस, मोईन अली, सुरेन रैना, अम्बाती रायुडू, महेन्द्रसिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, शार्दूल ठाकुर, लुन्गी एनगिडी र दीपक चाहर ।
अंक तालिका
चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ ।
पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]