4 years ago
April 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फा फुटसल कमिटिको सिफारिसमा एन्फाले बस्नेतलाई ६ महिनाको लागि राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले मुख्य प्रशिक्षक नियक्त भएका बस्नेतलाई मंगलबार नियुक्ति पत्र हस्तान्तरण गरे । यसअघि विष्णु गुरुङ राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक रहेका थिए ।
बस्नेत यसअघि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा रहेका थिए । उनले एएफसी र एन्फाको ‘ए’ लाइसेन्स कोर्स पुरा गरेका छन् । मुख्य प्रशिक्षक नियुक्ति भएसँगै बस्नेतले यो जिम्मेवारीमा आफु खुशी रहेको र आफ्नो लक्ष्य नेपाली फुटसलको स्तरलाई बृद्धि गर्ने रहेको बताएका छन् ।
नेपालले आगामी अक्टोवरमा २०२२ को एएफसी फुटसल एसियन कप क्वालिफायर खेल्दैछ । सोही छनोट खेलबाट नै बस्नतेले आफ्नो जिम्मेवारी सम्हाल्ने छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।