4 years ago
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
दिवस शंकर र एसिया जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५–२३ र २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् । उक्त जोडीले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
उपबिजेता सुजन र नविनले २१ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे तेश्रो स्थान हासिल गरेका इटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ र बेलबारीका लाक्पा शेर्पाको जोडी तथा धरानका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडीले नगद ११ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल भेट्रान्स ४५ माथिको उपाधी पूर्व राष्ट्रिय प्रशिक्षक एवं अन्तर्राष्ट्रिय खेलाडी उत्तम सिंखडा र श्याम लामाको जोडीले हात पा¥यो । उक्त जोडीले धरानका गहेन्द्र लिम्बु र सुरेश नियुङको जोडीलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
उपबिजेता टोलीले नगद १६ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो हुने धरानका थमन गुरुङ्ग र धनबहादुर लिम्बु तथा बेलबारीका नविन राई र विकास श्रेष्ठको जोडीले नगद ११ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष एवं पूर्व खेलाडी चन्द्र शेखर लामा, सुनसरी ब्याडमिन्टन संघका उपाध्यक्ष मणी गुरुङ, ईटहरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । पुरुष युगल र भेट्रान्सको मात्र प्रतिस्पर्धामा प्रदेश १ का ९० खेलाडीहरुको सहभागिता रहेको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।