default_image

8 years ago

October 23, 2016

हेरोज अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

157 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो हेरोज अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतियोगीता चार स्वर्ण र तीन रजत पदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
थाइल्यान्डको राजधानी बैककमा सम्पन्न प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीले नेपालको प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा भाग लिन नेप्लिज तेक्वान्दोका चार र अन्य दुई खेलाडी बैकक पुगेका थिए । शनिबार सम्पन्न प्रतियोगितामा विवेक श्रेष्ठ, चन्दु शाही,पुष्ष्प्रसाद गौतम र प्रतिज्ञा भण्डारीले स्वर्ण पदक जितेका थिए ।

12-3
एकेडेमीका खेलाडी विवेक श्रेष्ठले पुम्सेमा भारतीय खेलाडी हराउँदै स्वर्ण पदक जिते । विवेकले तौल समूहबाट पनि रजत पदक हासिल गरे । जसमा उनी थाइल्यान्डका खेलाडीसँग पराजित भएको थिए ।
एकेडेमीकै चन्दु शाहीले काजकिस्थानको खेलाडीलाई हराउंदै पुम्सेमै स्वर्ण पदक हासिल गरिन् । पुष्पप्रसाद गौतमले पनि फाइनलमा मलेसियालाई हराउंदै स्वर्ण जिते । तौल समूहमा प्रतिस्पर्धा गरेकी प्रतिज्ञा भण्डारीले थाइल्यान्डकी खेलाडीलाई हराउँदै पहिलो स्थान हासिल गरिन् ।
एकेडेमीका प्रमुुख प्रशिक्षक तथा खेलाडी अशोक खड्काले फाइनलमा थाइल्यान्डका खेलाडीसँग हुंदै रजत पदक प्राप्त गरे । तिलक लामाले भने ८० केजी तौल अन्तर्गत भएको खेलमा भारतसंग पराजित हुंदै रजत पदक प्राप्त गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.