4 years ago
April 24, 2021
तातोपानी (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (शनिबार) प्रतिस्पर्धा गर्दैछ ।
फाइनल खेल भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा दिउँसो २ बजेपछि हुनेछ । त्यसअघि तेस्रो स्थानको लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच बिहान ९:३० बजेपछि प्रतिस्पर्धा हुनेछ । डायमन्डले पुलिसलाई तथा एपिएफले आर्मीलाई समान ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।
एनभिए लिग विजेता डायमन्ड एपिएफलाई पराजित गर्दै यस वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । टोलीसँग राष्ट्रिय टोलीका कप्तान समेत रहेका अरुणा शाही, प्रतिभा माली, सलिना श्रेष्ठ तथा कप्तान ललिता नाथको साथ रहेको छ । यस्तै यस प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेका झरना श्रेष्ठ, वालमिका आचार्य र रिमा कुँवर पनि टोलीमा रहेका छन् । रिया कुँवर, प्रगति नाथ, पनामिका राई, प्रतिक्षा गुरुङ र एन्जिला प्रधान पनि टोलीमाआवश्यक पर्दा जिम्मेवारी निभाउन सक्छन् ।
यता, विभागीय नेपाल एपिएफ क्लब पनि लयमा रहेको डायमन्डलाई पराजित गर्दै वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । तर, एपिएफले एकरुपताको प्रदर्शन गर्न सकेको छैन । टोलीसँग सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा विष्ट, हीरा केसी, कप्तान विनिता बुढाथोकी, रेश्मा भण्डारी, नेविका चौधरी, पुजा चौधरी, मनिषा तामाङ, रस्मिता दुरा र कविता भट्टलगायतका खेलाडी छन् ।
यि दुई टोलीको पछिल्लो तीन भेटमा एपिएफ दुई खेलमा विजयी हुदा डायमन्डले एक खेल आफ्नो पक्षमा पारेको छ । गत माघमा पोखरामा सम्पन्न प्रथम टाइगर कप आमन्त्रण खुल्ला राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको लिग चरण र फागुनमा नेपालगन्जमा सम्पन्न सातौ प्रधानमन्त्री कपको लिग चरणमा एपिएफले डायमन्डलाई हराएको थियो । डायमन्डले गत चैतमा सम्पन्न पाँचौ संस्करणको आरबीबी एनभिए क्लब लिगको लिग चरणमा एपिएफलाई हराउन सफल भएको थियो ।
गत वर्ष राष्ट्रिय स्तरको तीन ठुला प्रतियोगिता हुदा तीन टोलीले समान एक-एक उपाधि जितेका छन् । टाइगर कपमा पुलिसले एपिएफलाई हराउँदै उपाधि जित्दा डायमन्ड तेस्रो भएको थियो । नेपालगन्जमा एपिएफले हारको बदला लिदै पुलिसलाई हराउँदै च्याम्पियन बन्दा त्यहाँ पनि डायमन्ड तेस्रो भएको थियो । एनभिए लिगमा डायमन्डले पुलिसलाई हराउँदै उपाधि जित्दा एपिएफ तेस्रो भएको थियो । अर्काे विभागीय टोली आर्मी सबै तीन प्रतियोगितामा चौथो भएको थियो ।
त्यसअघि आर्मी र पुलिसले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । आर्मीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेपनि अन्तिम समयमा लय गुमाउँदा नतिजा भने हासिल गर्न सकेको छैन । एपिएफविरुद्ध शुक्रबार सेमिफाइनलमा पनि आर्मीको सोहि कमजोरी दोहोरिएको थियो । यसपटक भने आर्मी चौथो स्थानबाट माथि उठ्ने प्रयासमा हुनेछ । पुलिस भने फाइनल पुग्न नसकेको पिडालाई बिर्साउन आर्मीविरुद्ध जित हासिल गर्ने लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा ५ टोलीको सहभागिता रहेका थियो । प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]