8 years ago
October 22, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले खेलाडी जीवनबाट शनिबार सन्यासको घोषणा गरेका छन् । चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हीराले २७ वर्षे खेलाडी जीवन छोड्ने घोषणा गरे ।
२०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाएका छन् । सन् १९९४ देखि २०१० सम्मको सो अवधिमा हीरा एक खेलमा पनि पराजित भएनन् । आफ्नो खेल करियरमा हीराले १७ एकल उपाधि जिते भने १ टिम इभेन्टमा स्वर्ण जितेका छन् ।
नवौंदेखि लगातार चार दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाएका हीराले ९ औं सागको पुरुष टिम इभेन्टमा कांस्य जितेका थिए ।
सन्यास घोषणपछि हीराले खेलाडी जीवनबाट सन्यास लिएपनि स्क्वासमा कुनै भूमिका रहिरहने बताए । हीरा ललितपुर जिल्ला खेलकुद विकास समितिमा स्क्वास सहयाक प्रशिक्षकका रुपमा कार्यरत छन् । हीराका छोरा अमृत थापा मगर र छोरी कृष्णा थापा पनि राष्ट्रिय स्क्वास खेलाडी हुन् ।
कार्यक्रममा हीरालाई जिवि मार्केटिङका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले सम्मान पत्र र नगद १ लाख रुपैयाँ प्रदान गरी अभिनन्दन गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]