4 years ago
April 22, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ‘बी’ को विजेता बन्दै भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा बिहीबार भएको समूह ‘बी’ को खेलमा एपिएफले सुरुवाती सेट गुमाएपनि त्यसपछि तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको हो । हारका बाबजुत पनि पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा दुई टोली मात्रै रहेका थिए ।
एपिएफले पहिलो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछि पूनरागमन गरेको एपिएफले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दे खेललाई १–१ सेटको बराबरीमा ल्याएका थिए । तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो । चौथो सेटमा २५–१५ को जित निकाल्दै एपिएफ समूह विजेता बन्न सफल भयो । एपिएफले अब समूह ‘ए’ को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ मा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लबले समान १ जित निकालेका छन् । आर्मीले समुहमा डायमन्डसँग हार बेहोरेको थियो । डायमन्डले ढोरपाटन ट्रेनिङ सेन्टरसँग खेल्दैछ ।
प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होङ्गान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]