4 years ago
April 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध मलेसियाले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसिया कप्तान अहमद फाइजले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
आजको खेलमा मलेसिया पराजित भएमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुग्ने छन् । आजको खेलमा मलेसिया विजयी भएमा पनि अन्तिम खेल विहिबार नेपालसँग खेल्ने छ । उक्त खेलमा नेपाल पराजित भएपनि नेट रनरनरेटको आधारमा फाइनलमा पुग्ने सम्भावना छ । मलेसियालाई फाइनलमा पुग्न अन्तिम दुबै खेलमा विशाल जित निकाल्नुपर्ने हुन्छ । अन्यथा सामान्य जितले भने फाइनलमा पुग्ने समिकरण देखिदैन ।
नेदरल्यान्ड्सले नेपाललाई ३ विकेटले हराउँदा मलेसियालाई १५ रनले पराजित गरेको थियो । नेदरल्यान्ड्सले नेपालले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य ३ बल अगाडिनै ७ विकेटको क्षतिमा पूरा गरेको थियो । नेदरल्यान्ड्सका बास डी लिडेले ८१ रनको उत्कृष्ट इनिङ खेलेका थिए । बेन कुपर र कप्तान पिटर शिलारको प्रदर्शन पनि उच्च थियो । पहिलो खेलमा मलेसियालाई हराउन म्याक्स ओडाउडले १ सय ३३ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए । म्याक्स ओडाउड, बास डी लिडे र पिटर शिलार नेदरल्यान्ड्सका प्रमुख हतियार हुन् ।
मलेसियाका युवा ब्याट्सम्यान सायद अजिज, विरानदीपसिंह, कप्तान फाइज अहमद प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुने छ । नेदरल्यान्ड्सलाई कडा चुनौती दिन विरानदीपले ८७ रनको इनिङ खेलेका थिए । नेपालविरुद्ध भने मलेसियाले कमजोर ब्याटिङ गरेको थियो ।
अंक तालिका :
नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा अंक विहिन हुँदै पुछारमा छ ।
मलेसियाको टोली : अहमद फाइज(कप्तान), विरानदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज, स्याजारुल इद्रस, दिभेन्द्रन मोगन, फिट्री शाम, ऐनूल हाफिज
नेदरल्यान्ड्सको टोली : पिटर सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, विक्रमजित सिंह, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, पल पान मीकेरन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट र जुलियन डी मे
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]