default_image

4 years ago

April 16, 2021

श्री आदर्श च्याम्पियन

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्री आदर्श कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको छ ।

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता ६ स्वर्ण, २ रजत र १ कांस्य जित्दै २१ अंकसाथ श्री आदर्श शुक्रबार समग्रमा च्याम्पियन बनेको हो । २ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ १९ अंक जोडेको हिन्दु विद्यापीठ दोस्रो स्थान हासिल ग¥यो । क्रिस्टियन कम्युनिटी स्कुल (सीसीएस) र तेज विनायक समान १७ अंकसाथ संयुक्त रुपमा तेस्रो हुन सफल भए ।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार तेक्वान्दो र एथलेटिक्सका खेलहरु भएको थियो । दुवै खेलमा आ–आफ्नो स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २ हजार, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, आयोजक नगर समितीका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी अमरचन्द्र बोहरा, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, कागेश्वरी नगरपालिकाअन्तर्गत शिक्षा तथा खेलकुद शाखाका प्रमुख गोविन्दप्रसाद शर्मा प्रतियोगिता संयोजक अशोक खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

एथलेटिक्समा विभिन्न १९ विद्यालयका २ सय ११ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोटका रुपमा समेत रहेको छ ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.