default_image

4 years ago

April 14, 2021

सुमिना पराजित

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् ।

पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासंग पराजित भएकी हुन् । तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

प्रतियोगितामा नेपालबाट सुमिनासहित २ खेलाडी सहभागी छन् । महिला ४८ केजीमा सुष्मा तामाङ वाइ पाएर दोश्रो चरणमा प्रवेश गरेकी छन् । सुमिनाले अप्रिल १७ तारिखमा लिथुआनियाकी खेलाडीसंग प्रतिस्पर्धा गर्ने छिन् ।

प्रतियोगिताको अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष उमार क्रिमलेमले उद्घाटन गरेका थिए । प्रतियोगितामा ५२ राष्ट्रका २ सय ७४ पुरुष र १ सय ४० महिला खेलाडीको सहभागिता रहेको प्रवक्ता अवालेले जनाएका छन् ।

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.