4 years ago
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ललितपुरका सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।
पुरुष ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिलले नेपाल आर्मी क्लबका रवि सुनारलाई फाइनलमा पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका सुशिल थापा मगरले सुर्खेतका मोहन गुरुङ, आर्मीका प्रेम चौधरीले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापा, ५६ केजीमा नेपाल एपीएफ क्लबका पुरन राईले आर्मीका पुरन सुनुवार, ६० केजीमा बक्समान्डुका गणेश थापाले आर्मीका विमल रोक्का मगर तथा ९१ केजीमाथि आर्मीका आशिष दुवाडीले आर्मीकै प्रवीण चौधरीलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६–४८ केजीमा आर्मीकी ललिता महर्जन, ४८–५१ केजीमा एपीएफकी माला राई, ५१–५४ केजीमा १३ औं सागकी स्वर्ण विजेता आर्मीकी मिनु गुरुङ, ५४–५७ केजीमा आर्मीकी चन्द्रकला थापा, ५७–६० केजीमा एपीएफकी संगिता सुनार, ६०–६४ केजीमा आर्मीकी पुनम रावल र ६९ केजीमा एपीएफकी सरस्वती राना मगरले शीर्ष स्थान हात पारे ।
तीनदिने प्रतियोगितामा ३४ पुरुष र १६ महिला खेलाडीले समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि प्रदर्शन र उत्कृष्टताका आधारमा खेलाडी छनोट गरिने बक्सिङ संघका अध्यक्ष राम अवालेले जनाएका छन् ।
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]
January 27, 2025
एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]