default_image

4 years ago

April 13, 2021

अनिल र सुनिलको शतकमा पुलिसको विशाल योगफल

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनिल धमला र विकेटकिपर अनिल कुमार शाहको शतकमा भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा नेपाल पुलिस क्लबले ब्ल्याक इगल सिक्किम सशस्त्र पुलिस (एसएपि) लाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ ।

शतक पछि सुनिल धमला र अनिल कुमार शाह । तस्विर : सौजन्य चित्र विष्ट

सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो । ओपनर सुनिल धमला १ सय ३० बलमा १० चौका र ३ छक्का सहित १ सय ११ रनको शतकिय इनिङ खेले । धमलालाई ४२ औं ओभरको पाँचौं बलमा मन्दिपले रोहन फन्डबाट क्याच आउट गराए । अनिल कुमार शाहले ८० बलमा ९ चौका र २ छक्का सहित १ सय २ रनमा क्याच आउट भए । अनिललाई प्रशान्तले रवि राजनबाट क्याच आउट गराए ।

कप्तान मन्जित श्रेष्ठ २२ बलमा ४ चौका र १ छक्का सहित ३५ रनमा अविजित रहे । राशिद खानले अन्त्यतिर १० बलमा १ चौका र ४ छक्का सहित २९ रनमा अविजित रहे । अमित श्रेष्ठ १, सिद्धान्त लोहनी ११, दिलिप नाथ १७, शंकर राना १९ रनमा आउट भए ।

प्रशान्तले ९ ओभरमा २ मेडन सहित ५८ रन खर्चेर २ विकेट लिए । मन्दीपले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । रोहन फन्डको नाममा १ विकेट रह्यो ।

सोमबार पुलिसका योगेन्द्रसिंह कार्कीले १ सय १७ बलमा १८ चौका र ७ छक्का सहित १ सय ७१ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए । पुलिसले पहिलो खेलमा कन्च क्रिकेट क्लब (डब्लूसिसिसी) लाई १० विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा रोयल नर्थ ब्रोदर्शलाई ९ विकेटले पराजित गरेको थियो ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.