4 years ago
April 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कस्तुरी कलेजकी सिमा राजवंशी प्रदेश १ स्तरिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ च्याम्पियन बनेकी छिन् ।
विश्व जुनियर बरियतामा ४२औं स्थानमा रहेकी सिमाले आइतबार भएको फाइनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९ र २१–१६ ले पराजित गर्दै उपाधी प्राप्त गरेकी हुन् । उनले १० हजार रुपैया र मेडल तथा दोस्रो भएकी रोजले नगद ७ हजार रुपैयाँ र मेडल प्राप्त गरिन् ।
तेस्रो भएकी धनकुटाका गिता राई र अरुणा तामाङ ले समान ३ हजार रुपैयाँ प्राप्त गरे । झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष खुल्ला युगलतर्फ संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडीले उपाधि जित्न सफल भयो । यि जोडीले पाँचथरका एशिया जवेगु र तेह्रथुमका नविन सिलवालको जोडीलाई २४–२२ र २१–१६ ले पराजित ग¥यो ।
धरानका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडी र बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडी संयुक्त रुपमा तेस्रो भए । पहिलो हुने जोडीले ३० हजार दोस्रोले २० हजार र तेस्रो हुने जोडीले १० हजार रुपैयाँ हात पारे । भेट्रान्स ४५ बर्ष मार्थिको स्पर्धामा पूर्व राष्ट्रिय प्रशिक्षक एवं हाल कस्तुरी कलेजका प्रशिक्षक उत्तम सिंखडा र इटहरीका श्याम लामाको जोडीले सुनसरीका थमन गुरुङ र सुरेश लिम्बुको जोडीलाई १८–२१, २१–४ र २१–१४ ले पराजित ष्र्दै उपाधि हात पारे ।
च्याम्पियन जोडीले १५ हजार, दोस्रो भएको जोडीले १० हजार र तेस्रो भएको ७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको महिला एकलतर्फ १६, पुरुष युगलतर्फ २१, आन्तरिक युगलतर्फ ५२ र भेट्रान्सतर्फ २१ जोडीले सहभागिता जनाएको थियो । बिजयी खेलाडीहरुलाई रामधुनी नगरपालिका, झुम्काका मेयर जय प्रकाश चौधरीले पुरस्कृत गरे ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।