default_image

4 years ago

April 11, 2021

पासाङ ल्हामु स्मृति कप भलिबल बैशाख दोस्रो साता

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको स्मृतिमा उनकै जन्मस्थान सोलुखुम्बुमा प्रथम पासाङ ल्हामु स्मृति कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता बैशाख दोस्रो साता आयोजना हुने भएको छ ।

आयोजकले राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा ८, ९ र १० बैशाखमा हुने जानकारी गराएको हो । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाले सगरमाथामा पहिलोपटक पाइला टेकेको दिन १० बैशाखमा फाइनल खेल हुनेछ ।

आयोजक कमिटिका संयोजक जाङ्बु शेर्पाले महिलालाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गरिएको बताए । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले प्रतियोगितालाई सफलताको शुभकामना दिदै यस प्रतियोगितालाइ संघका वार्षिक क्यालेन्डरमा राख्ने विषयमा छलफल गरिने बताएका छन् । यस्तै आयोजकले प्रतियोगितालाई निरन्तरता दिने बताएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ १५ देखि १६ र महिलामा ६ भन्दा बढी टोलीको सहभागिता हुन सक्ने आयोजकले जनाएको छ । खेलहरु लिग कम नकआउटका आधारमा हुनेछ । सेमिफाइनलदेखि बेस्ट अफ फाइभमा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत तर्फका उत्कृष्ट खेलाडी, सेटर र स्पाइकरलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि करिव १५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.